Logo

Jul 30 2026 | २०८३, साउन १४गते

प्रधानमन्त्री प्रचण्डसँग बार एसोसिएसनका पदाधिकारीहरूको छलफल


स्वतन्त्र
बिहीबार , चैत ३० २०७९१०:२५
  • 328
    SHARES

  • प्रधानमन्त्री प्रचण्डसँग बार एसोसिएसनका पदाधिकारीहरूको छलफल

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले बिहिबार छलफल गरेका छन् । छलफलमा बारका पदाधिकारीहरूले १४ महिनादेखि सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश कायम रहेकाले तत्काल संवैधानिक परिषदको बैठक राखी प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

    images
    images

    भेटमा प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र र संविधानको रक्षा एवं न्याय प्रणालीमा सुधारका लागि बारले खेलेको भूमिकाको भन्दै प्रशंसा गरेका थिए ।  छलफलमा नेपाल बार एसोसिएसनका पदाधिकारीहरू, पूर्व पदाधिकारीहरू र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारीहरूको उपस्थित थिए । 


    प्रधानमन्त्रीको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीश नियुक्ति हुन नसक्दा न्यायपालिकाको साख गिरेको महसुस आफूहरूले गरेको बताए ।

    प्रतिक्रिया दिनुहोस