Logo

Jul 30 2026 | २०८३, साउन १४गते

बागलुङमा १० हजार ७ सय मेट्रिक टन कोदो उत्पादन


शुक्रबार, असार १९ २०८३१०:५८
  • 96
    SHARES

  • बागलुङमा १० हजार ७ सय मेट्रिक टन कोदो उत्पादन

    बागलुङ । बागलुङमा १० हजार ७३१ मेट्रिक टन कोदो उत्पादन भएको छ । गत वर्षको तुलनामा ६९ मेट्रिक टन कोदो कम उत्पादनमा भएको छ ।  गत वर्ष १० हजार ८०० उत्पादन मेट्रिक टन कोदो उत्पादन भएकोमा यस वर्ष घटेर १० हजार ७३१ मेट्रिक टन उत्पादन भएको कृषि विकास कार्यालयका निमित्त कार्यालय प्रमुख कुमार पुन मगरले बताउनुभयो ।

    images
    images

    बागलुङमा मुख्य बालीको रुपमा कोदोलाई लिने गरिएपनि अहिले किसानहरुले यस खेतीमा कम प्राथमिकता दिदा उत्पादनमा कमि आएको मगरले बताउनुभयो । उहाँले भन्नुभयो, “बसाइँसराइ र गाउँमा काम गर्ने जनशक्ति अभावको कारण यसको खेती घट्दै गएको छ, खर्च धेरै, उत्पादन घट्दै जानु, माग कम भएपछि किसान कोदो खेतीको विकल्पको रुपमा अहिले सुन्तला, केरा, कागती खेती गर्न थालेका छन ।” किसानले कोदोको खेती गर्न छाडेपछि उत्पादनमा क्रमश ह्रास आएको छ ।

    अहिले कोदो उत्पादन हुने माथिल्लो क्षेत्रमा सुन्तला, कागत र तल्लो क्षेत्रमा केरा खेती गर्दै आएको निमित्त कार्यालय प्रमुख मगरले बताउनुभयो ।  कोदो खेतीलाई बिस्तार गर्न रैधाने बाली प्रवद्र्धन कार्यक्रम अन्र्तगत अनुदान उपलब्ध कृषि विकास कार्यालयले गराउ“दै आएको छ । पौष्टिक तत्वको रुपमा मानिएको कोदोको माग अहिले कम हुदै गएपछि किसानले अन्य बाली लगाउने गरेका छन । 

    पहिला दैनिक जीवनमा बिहान बेलुकी कोदोको ढिडो रोटी खादै आएकोमा अहिले माग घट्दै गएपछि खेती गर्न छाडी अन्य नगदे बाली लगाउन थालेको तमानखोला गाउँपालिका–१,कुन्थेवाङका किसान खिम रोका मगर बताउनुभयो । उहाँले भन्नुभयो,“पुरानो प्रविधिबाट खेती गर्दा,उत्पादन कम हुने र नगद आर्जन गर्न नसकिने भएपछि,कोदो बालीको सट्टा अरु खेती सुरु गरेका छौ ।”

    जिल्लाको कुल खाद्यान्न उत्पादनको ६० प्रतिशत क्षेत्र ओगटेको कोदो बाली अहिले घट्दै गएको छ ।  बागलुङमा ३० हजार ४०० हेक्टर खेती योग्य जमिन मध्य १८ हजार हेक्टर क्षेत्रफलमा कोदो बाली लगाउने गरिएको छ । 

     

     



    प्रतिक्रिया दिनुहोस