Logo

Jul 30 2026 | २०८३, साउन १४गते

बागलुङका किसानले दुग्ध उत्पादक सहकारीमार्फत दुध बिक्री गर्दै


स्वतन्त्र
बिहीबार , वैशाख ३१ २०८३११:३४
  • 200
    SHARES

  • बागलुङका किसानले दुग्ध उत्पादक सहकारीमार्फत दुध बिक्री गर्दै

    बागलुङ ।  बागलुङ दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले १ हजार ५ सय जना किसानको दुध खरिद गरि बिक्री गर्दै आएको छ । बागलुङ जिल्लाका बिभिन्न स्थानमा रहेका १५ वटा दुग्ध सहकारीबाट दैनिक ३ हजार ५ सय लीटर  संकलन गरी बिक्री गर्दै आएको छ ।

    images
    images

    बागलुङ दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले  २६ औं वर्षको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाका भित्रका किसानले उत्पादन गरेको दुध संकलन गरि बिक्री गर्दै आएको जानकारी दिएको हो ।  

    २०५७ सालमा १ सय ४१ दूधबाट संकलन गरि बिक्री गरेको लिमिटेडले अहिले दैनिक ३ हजार ५ सय लीटरमा कारोवार गर्दै आएको संस्थाका अध्यक्ष दीपक गौतमले बताउनुभयो । किसानलाई प्रतिलिटर ९६ रुपैयाँसम्म दिने गरिएको भएपनि कतिपय किसानले प्रतिलिटर १ सय २४ रुपैयाँसम्म पाएको उहाँले बताउनुभयो । बजारमा प्रतिलिटर १ सय २० रुपैयाँमा दुध बिक्री हुदै आएको छ ।  

    गत आर्थिक वर्ष दूधमा ७ करोड ५२ लाख ९१ हजार, सादा दहीमा २ करोड १३ लाख, प्याकेट दहीमा ३० लाख, घिउमा २१ लाख, पनिरमा २३ लाख, छुर्पीमा ५४ लाख, ८८ हजार र खुवामा ३७ हजार रुपैयाँ गरी वर्षभरी १० करोड ९९ लाख १७ हजार रुपैयाँको कारोवार भएको बताईएको छ । लिमिटेडले आफनो स्थापना दिवसको अवसरमा आफै उत्पादन गरेको नि:शुल्क मोही वितरण गर्ने तयारी गरेको छ । 

    प्रतिक्रिया दिनुहोस