Logo

Jul 30 2026 | २०८३, साउन १४गते

अर्थमन्त्री वाग्लेले पत्रकारलाई अपमानित गरेकोमा प्रेस युनियन महासचिव पौडेलको आपत्ति


स्वतन्त्र
बिहीबार , जेठ २८ २०८३०७:४८
  • 196
    SHARES

  • अर्थमन्त्री वाग्लेले पत्रकारलाई अपमानित गरेकोमा प्रेस युनियन महासचिव पौडेलको आपत्ति


    काठमाडौं— नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदीय समितिमा पत्रकारबारे गरेको टिप्पणीप्रति आपत्ति जनाएका छन् । महासचिव पौडेलले सामाजिक सञ्जालमार्फत विद्वान अर्थमन्त्री वाग्लेले पत्रकारको मानमर्दन हुने गरी दिएको अभिव्यक्ति खेदजनक रहेको बताएका हुन् । 

    images
    images


    आर्थिक विधेयक सच्चाएको र विद्युतीय सवारीमा करका दर हेरफेरको सूचना चुहावट भएको आशंका सहित विभिन्न सञ्चार माध्यममा समाचार आएर वाग्ले आलोचित भए पछि अर्थ समितिको बैठकमा पत्रकारप्रति आक्रोश पोख्दै होच्याउने शैलीमा ‘माइक्रोसफ्ट वर्ड चलाउन पनि जान्दैनन्’ भन्ने अभिव्यक्ति दिएका थिए । ‘पत्रकारप्रति आक्रोश पोख्दै होच्याउने गरी ‘माईक्रोसफ्ट वर्ड’ चलाउन जान्दैनन् भन्ने तपाइँको अभिव्यक्तिले तपाईँको नामका अगाडि लेखेको डा. उपाधिलाई गिज्याइरहेको छ,’ महासचिव पौडेलले अर्थमन्त्री वाग्लेप्रति कटाक्ष गर्दै लेखेका छन् ‘विद्वान पनि सत्तामा पुगेपछि भ्रष्टिकरणको बाटोमा लागे । विनासकाले विपरित बुद्धि । ’ अर्थमन्त्री वाग्लेको उक्त अभिव्यक्तिपछि पत्रकार वृत्तमा समेत असन्तुष्टि देखिएको छ । पत्रकारहरुले सामाजिक सञ्जालमा वाग्लेलाई व्यंग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस