Logo

Aug 01 2026 | २०८३, साउन १६गते

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ


स्वतन्त्र
बिहीबार , चैत ३० २०७९०५:३६
  • 416
    SHARES

  • नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । पहिलो चरणको निर्वाचनमार्फत परिणाम नआएपछि दोस्रो चरणको निर्वाचन तयारी हुँदै गर्दा सहमति जुटेपछि वरिष्ठ उपाध्यक्षमा श्रेष्ठनिर्विरोध चयन भएका हुन ।

    images
    images

    वरिष्ठ उपाध्यक्षमा उठेका अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ तथा रामचन्द्र संघईमध्ये पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत कटाउन नसकेपछि बढी मत प्राप्त गरेका अञ्जन र उमेशबीच दोस्रो चरणमा चुनावी प्रतिस्पर्धाको तयारी गर्दै गर्दा सहमति जुटेको हो ।

    वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालका लागि स्वत अध्यक्ष बन्ने प्रावधान अनुसार महासंघको अध्यक्ष चन्द्रप्रसाद ढकाल हुनेछन् । यीबाहेक महासंघको ६३ पदको लागि भएको चुनावी परिणाम यसअघि नै आइसकेको छ ।

    वस्तुगततर्फ उपाध्यक्षमा हेमराज ढकाल, जिल्लारनगरतर्फ उपाध्यक्षमा सुरकृष्ण बैद्य, एसोसिएटतर्फ उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ निर्वाचित भएका छन ।

    प्रतिक्रिया दिनुहोस