Logo

Jul 31 2026 | २०८३, साउन १५गते

काठमाडौ विश्वमै धेरै वायु प्रदुषण भएको शहर


स्वतन्त्र
आइतबार, वैशाख ३ २०८०११:४६
  • 404
    SHARES

  • काठमाडौ विश्वमै धेरै वायु प्रदुषण भएको शहर

    वायु प्रदुषण धेरै भएका विश्वका सहरहरूको सूचीमा आज काठमाडौं पहिलो नम्बरमा आएको छ। संसारभरिका सहरको वायु प्रदुषणको मात्रा नाप्ने आईक्युएयरका अनुसार आइतबार सबैभन्दा धेरै वायु प्रदुषण भएको सहरमा काठमाडौं एक नम्बरमा पुगेको हो।

    images
    images

    काठमाडौंको एयर क्वालिटी इन्डेक्स २०८ छ भने दोस्रो स्थानमा थाइल्यान्डको चियाङ माई सहर छ। उक्त सहरको एयर क्वालिटी इन्डेक्स १८३ छ।

    वातावरण विभागको तथ्यांकअनुसार अहिले सबैभन्दा धेरै वायु प्रदुषण शंखपार्क क्षेत्रमा छ भने त्यसपछि भैंसेपाटी, खुमलटार, रत्नपार्क, कीर्तिपुरमा बढी वायु प्रदुषण छ। विभागले यसअघि नै देशका विभिन्न स्थानमा लागेको डढेलोका कारण वायु प्रदुषण ह्वात्तै बढेकाले सचेतता अपनाउन भनेको थियो।

    प्रतिक्रिया दिनुहोस