काठमाडौँ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित सिडिई, इन्जिनियरिङ्ग मार्केटिंग कन्सर्न, मेपटेक विल्डिंग सर्भिसेस , परामर्शदाता वास्तुशिल्प एसोसिएट्ससहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । पौडेलले राज्यकोषमा ६९ करोड ८ लाख ८१ हजार रुपैयाँ नोक्सान गरेको ठहर सहित मुद्दा दायर गरिएको छ ।
विशेष अदालतमा दायर गरिएको उक्त मुद्दामा सबै ९ जनाविरुद्ध कुल २ अर्ब ६९ करोड भन्दा बढी मागदाबी लिइएको छ ।