Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

सञ्चार जगतलाई गगन थापाको आग्रह


बिहीबार , चैत ९ २०७९११:२९
  • 564
    SHARES

  • सञ्चार जगतलाई गगन थापाको आग्रह

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जालबाट हुने फेक सूचना र गलत भाष्य निर्माणलाई रोक्न सरकारलाई आमसञ्चार माध्यमले सघाउनुपर्ने बताएका छन।

    images
    images

    सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सामाजिक सञ्जालहरू भाष्य निर्माण गर्ने आधार बन्न नहुने बताए । उनले फेक न्युजको प्रवाह रोक्न र समुदायलाई त्यस्तो गलत सूचनाबाट जोगाउन सामुदायिक रेडियोको भूमिका महत्त्वपूर्ण हुने बताए ।

    थापाले भने- विगतमा सामाजिक सञ्जालबाट हुने घृणा रोक्ने विधेयकविरुद्ध संशोधन लैजाने मै हुँ । जबकि सामाजिक सञ्जालबाट सबैभन्दा गाली खाने व्यक्ति पनि म हुँ । तर मैले अभिव्यक्ति स्वतन्त्रभन्दा ठूलो ममाथिको गाली होइन भनेर विरोध गरेको थिएँ । आज मेरो भूमिका फेरिएको छ, मेरै पार्टीको सरकारले भोलि त्यही विधेयक ल्याउन सक्छ तर सञ्चार क्षेत्र स्थायी प्रतिपक्ष हो ।

    थापाले हिजो सरकारमा बस्नेहरू आज त्यस्ता विधेयकको विरोधमा हुने र प्रतिपक्षमा भएकाहरू समर्थक हुने अवस्था आउने बताए ।


    स्वतन्त्र प्रेस
    स्वतन्त्र प्रेस

    प्रतिक्रिया दिनुहोस