Logo

Jul 30 2026 | २०८३, साउन १४गते

भारतले सिरहाको औरहीमा दशगजामै अवैध बाँध निर्माण गर्दै


स्वतन्त्र
सोमबार, वैशाख ४ २०८०११:१८
  • 400
    SHARES

  • भारतले सिरहाको औरहीमा दशगजामै अवैध बाँध निर्माण गर्दै

    जनकपुरधाम । सिरहाको औरही गाउँपालिका ५ स्थित दशगजामा भारतीय पक्षले अवैध ढंगले बाँध निर्माण गरिरहेको छ । स्थानीय जनप्रतिनिधि र प्रहरीले अवैध ढंगले बाँध नबनाउन गरेको आग्रह भारतीय पक्षले अस्वीकार गरेको हो ।

    images
    images

    औरही भएर गागन नदी भारततर्फ बग्छ । उक्त नदीलाई नेपालतर्फ फर्काउन भारतीय पक्षले विगत एक सातादेखि दशगजामै अवैध बाँध निर्माण गरिरहेको छ । बाँध निर्माणका लागि दर्जनौँ मजदुर, जेसिबी र ट्याक्टर रातदिन खटिरहेका छन् ।

    अवैध बाँध निर्माण भइरहेको थाहा पाएपछि शुक्रवार सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट इटाटारका इन्सपेक्टर उमेश काफ्ले, प्रहरी चौकी औरहीका प्रहरी नायब निरीक्षक मेघराज अधिकारी र औरही गाउँपालिका अध्यक्ष शिवजी यादव भारतीय पक्षसँग छलफल गरेका थिए ।

    छलफलमा दशगजादेखि ५० मिटरभित्र बाँध निर्माण गर्न नहुने निष्कर्ष निकाल्दै निर्माण भएको बाँध भत्काउने सहमति भएको थियो । लगत्तै भारतीय पक्षले निर्माण गरेको करिब १ सय मिटर बाँध जेसिबीले हटाउन लगाइयो । तर आइतबार बिहानबाट भारतीय पक्षले पुनः सोही ठाउँमा बाँध निर्माण सुरु गरेको छ ।

    सहमति विपरीत भारतीय पक्षले पुनः बाँध निर्माण सुरु गरेपछि आइतबार सशस्त्र प्रहरी बल सिरहाका एसपी प्रमोद कुमार भारती त्यहाँ पुगेका थिए । उनले भारतीय सीमा सुरक्षा बल एसएसबीका अधिकारीसँग छलफल गरे । एसपी भारतीले तत्काल बाँध निर्माण नगर्ने र छलफल पश्चात् अन्तिम निष्कर्षमा पुग्ने भनेको जानकारी दिए ।


    बाँध निर्माण भइरहेको दशगजा क्षेत्र भारत विहार राज्यको मधुवनी जिल्लामा पर्ने मोतनाजे र नेपालको औरही गाउँपालिका ५ अन्तर्गत पर्छ । नेपाली भूमि र बस्ती डुबाउन बाँध निर्माण भइरहेपछि औरहीबासी चिन्तित बनेका छन्

    प्रतिक्रिया दिनुहोस