Logo

Jul 30 2026 | २०८३, साउन १४गते

ओलीको निवास बालकोटमा प्रधानमन्त्री, सभामुख र देउवा


स्वतन्त्र
सोमबार, वैशाख ४ २०८०११:२८
  • 392
    SHARES

  • ओलीको निवास बालकोटमा प्रधानमन्त्री, सभामुख र देउवा

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र कांग्रेस सभापति शेरबहादुर देउवा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन ।

    images
    images


    विगत केही दिनदेखि संवैधानिक परिषद् सम्बन्धी विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउन शीर्ष नेताहरूबीच छलफल भएको छ ।

    यो बीचमा ३ दिनयता पूर्वप्रधानमन्त्री तथा नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या भइ छलफल अवरुद्ध हुन पुगेको थियो । ओलीको स्वास्थ्य लाभको कामना गर्दै संसद्‌मा विधेयक अगाडि बढाउन समझदारीको लागि छलफल गरेका हुन ।

    प्रतिक्रिया दिनुहोस