Logo

Jul 30 2026 | २०८३, साउन १४गते

संवैधानिक परिषद बैठक प्रधानमन्त्रीले बोलाए


स्वतन्त्र
सोमबार, वैशाख ४ २०८००९:४४
  • 356
    SHARES

  • संवैधानिक परिषद बैठक प्रधानमन्त्रीले बोलाए

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबारका लागि संवैधानिक परिषदको बैठक शुक्रबार बोलाएका छन । प्रधानन्यायाधीश नियुक्तिमा ढिलाइ भइरहँदा प्रधानमन्त्रीले बैठक आह्वान गरेका हुन । दाहालले  बैठक आह्वान गरेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए ।

    images
    images

    उक्त बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नसक्ने बताइएको छ । संवैधानिक परिषद्‍मा प्रधानमन्त्रीसहित, सभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ ।

    बैठक आह्वानका लागि सोमबार बिहान प्रधानमन्त्रीसहित कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली र सभामुख देवराज घिमिरेबीच छलफल भएको थियो ।

    सोमबार बिहानको बैठकमा प्रधानमन्त्रीले प्रधानन्यायाधीश नियुक्तिको संवैधानिक प्रक्रियाका लागि पहल गरेका थिए । सोही बैठकमा संवैधानिक परिषद्‍को बैठक बोलाउने र प्रधानन्यायाधीशको विषयमा निर्णय गरेर अगाडि बढ्ने सहमति भएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस