काठमाडौँ । पछिल्लो २४ घण्टामा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
१०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १ हजार ६ सय ३२ जनाको नमुना परीक्षण गर्दा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै सक्रिय संक्रमितको संख्या ३७९ पुगेका छन। पछिल्लो २४ घण्टामा ६० जना संक्रमणमुक्त भएका छन।