Logo

Jul 30 2026 | २०८३, साउन १४गते

वैशाख १५ सम्म देशभर पाठ्यपुस्तक पुग्ने


स्वतन्त्र
सोमबार, वैशाख ४ २०८०१०:०९
  • 444
    SHARES

  • वैशाख १५ सम्म देशभर पाठ्यपुस्तक पुग्ने

    काठमाण्डौ । यतिबेला नयाँ शैक्षिक सत्र सुरु भएको छ । शैक्षिक सत्र सुरु भएसगै अहिलेसम्म ५९ जिल्लाका विद्यालयमा पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ।

    images
    images

    सोमबार पाठ्यपुस्तक बिक्री–वितरण र छपाइको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले केन्द्रमा अनुगमन गरेको छ। अनुगमनपश्चात् केन्द्रका प्रबन्धक अनिलकुमार झाले नयाँ शैक्षिक सत्रमा सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउने गरी काम भइरहेको बताए। 

     कक्षा ६ देखि कक्षा १० सम्मका एक करोड ५० लाख पाठ्यपुस्तक छपाइको काम सम्पन्न गरी बिक्री–वितरण गरिरहेको उनले बताए । केही स्थानमा ढुवानीको क्रममा रहेकाले तीन दिनभित्र पुस्तक पुगिसक्ने र बाँकी १८ जिल्लामा वैशाख १५ सम्म पुस्तक पुग्ने उनले बताए।

    प्रतिक्रिया दिनुहोस