काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको प्रेस सल्लाहकारमा पर्वतका पत्रकार दुर्गाप्रसाद शर्मा नियुक्त भएका छन । प्रेस चौतारी नेपालका पूर्व वरिष्ठ उपाध्यक्ष शर्मा दुई दशकदेखि पत्रकारितामा सक्रिय छन।
यसअघिका प्रेस सल्लाहकार अशोक पौडेल अध्ययनका लागि चीन गएपछि रिक्त रहेको स्थानमा शर्मालाई नियुक्त गरिएको राष्ट्रियसभा अध्यक्षको सचिवालयले जनाएको छ ।