Logo

Jul 30 2026 | २०८३, साउन १४गते

कानुन मन्त्रालयको थप जिम्मेवारी रक्षामन्त्री खड्कालाई


स्वतन्त्र
मंगलबार, वैशाख ५ २०८००७:२५
  • 460
    SHARES

  • कानुन मन्त्रालयको थप जिम्मेवारी रक्षामन्त्री खड्कालाई

    काठमाडौँ ।  कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्कालाई तोकिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान तथा रक्षा मन्त्री  खड्कालाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तोकेका हुन । 

    images
    images

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा खड्कालाई कानुन मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्ने गरी तोकेका हुन । राष्ट्रपति कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै खड्कालाई उक्त जिम्मेवारी तोकिएको जनाएको छ ।यसअघि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्दै आएका थिए ।

    प्रतिक्रिया दिनुहोस