काठमाडौँ । स्वास्थ्यमा सुधार नभएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्सबाट बुधबार बिहान भारत लगिएको छ । राष्ट्रपति पौडेललाई श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत नयाँदिल्ली लगिएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जनानकारी दिए ।
पौडेलसँग उनका निजी चिकित्सक डा निरज बम, परिवारका सदस्य र ७ जना चिकित्सकको टोली भारत गएको छ । नयाँदिल्ली नपुन्जेलसम्म हवाई यात्राका क्रममा राष्ट्रपति पौडेलको उपचार र निगरानीमा त्रिवि शिक्षण अस्पतल नर्भिक अस्पतालको चिकित्सकको टोली खटिएको छ ।
परिवारकै आग्रहमा पौडेललाई नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स ९एम्स०लगिएको हो । छातीमा संक्रमण देखिएर उनी गत साता तीन दिन अस्पताल बसेर फर्केका थिए । मंगलबार असहज भएपछि उनलाई पुनः अस्पताल भर्ना गरिएको हो ।
राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री पूर्णबहादुर खड्कासहित अन्य मन्त्री शिक्षण अस्पताल पुगेका थिए । लामो समय एन्टिबायटिक चलाउँदा पनि स्वास्थ्यमा उत्साहजनक सुधार नभएको भन्दै परिवारका सदस्यले थप उपचारका लागि भारत लैजाने इच्छा प्रधानमन्त्रीसँग राखेका थिए ।