Logo

Jul 30 2026 | २०८३, साउन १४गते

नेविसंघ स्थापना दिवसको अवसरमा अस्पतालका बिरामीलाई फलफुल वितरण


बुधबार, वैशाख ६ २०८००१:२७
  • 2.1K
    SHARES

  • नेविसंघ स्थापना दिवसको अवसरमा अस्पतालका बिरामीलाई फलफुल वितरण

    बागलुङ ।  नेपाल बिद्यार्थी संघ (नेविसंघ) को ५४ औ स्थापना दिवसको अवसरमा धौलागिरी अस्पतालमा उपचाररत बिरामीलाई बुधबार फलफुल वितरण गरिएको छ । नेपाल बिद्यार्थी संघ इकाई कार्य समिति धौलागिरी बहुमुखी क्याम्पस बागलुङको आयोजनामा बिरामीहरुलाई फलफुल वितरण गरिएको हो ।

    images
    images
    IMG_2900.JPG

    अस्पतालमा उपचाररत बिरामीहरुको स्वास्थ्यलाभको कामना गर्दै फलफुल वितरण गरिएको नेपाल बिद्यार्थी संघ धवलागिरी बहुमुखी क्याम्पस बागलुङका अध्यक्ष दिनेश पन्तले बताए । स्थापना दिवसको अवसरमा सेवामुलक र रचनात्मक कार्यक्रम अन्र्तगत बिरामीहरुलाई फलफुल वितरण गरिएको पन्तले बताए ।

    अस्पतालमा उपचाररत ३५ जना बिरामीहरुलाई स्याउ,केरा,अंगुर एवं हर्लिस वितरण गरिएको छ । कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.रविरञ्जन प्रधानले उपचाररत बिरामीहरुलाई बिभिन्न निकायबाट यसरी फलफुल लगाएका सामग्रीहरु प्रदान गर्दा सहयोग पुग्ने गरेको बताए ।

    फलफुल वितरण कार्यक्रम स्ववियू उपाध्यक्ष दिपक सुवेदीको सञ्चालन र नेविसंघ इकाई अध्यक्ष दिनेश पन्तको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । 

    नेविसंघले आज देशभर बिभिन्न कार्यक्रम गरि स्थापना दिवस मनाएको छ । वि.स. २०२७ सालमा नेविसंघ स्थापना भएको थियो । 


    स्वतन्त्र प्रेस
    स्वतन्त्र प्रेस

    प्रतिक्रिया दिनुहोस