Logo

Jul 30 2026 | २०८३, साउन १४गते

कोशीमा बेपत्ता युवकमध्ये एक मृत फेला


स्वतन्त्र
बुधबार, वैशाख ६ २०८००३:५२
  • 408
    SHARES

  • कोशीमा बेपत्ता युवकमध्ये एक मृत फेला

    सप्तकोशी  नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जनामध्ये एक युवकको मृत शरीर फेला परेको छ । आफन्तको श्राद्धमा जाने कममा सुनसरीको वराहक्षेत्रस्थित कोशी नदीमा बुधबार बिहानदेखि तीन युवक बेपत्ता भएका थिए ।

    images
    images

    नदीमा बेपत्ता भएकामध्ये झापाको दमक( २ का १७ वर्षीय नवीन न्यौपानेको शव घटनास्थल नजिकै कोशीको भंगालोमा फेला परेको सुनसरीका एसपी प्रभु प्रसाद ढकालले जानकारी दिए ।

    उनका अनुसार बेपत्ता रहेका दमक ९ का १९ वर्षीय रुद्र न्यौपाने र मोरङ उर्लावारी ७ का १८ वर्षीय राज गुरागाईँको खोजी भइरहेको छ ।सशस्त्र प्रहरी बल र नेपाल प्रहरी गोताखोर टोलीसहित स्थानीयहरूले बेपत्ता दुवै जनाको खोजी गरिरहेको एसपी ढकालले बताए 

    प्रतिक्रिया दिनुहोस