Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

सहकारीले कारोवार बन्द गर्दा बचतकर्ता पिडामा


बिहीबार , वैशाख ७ २०८००९:२९
  • 972
    SHARES

  • सहकारीले कारोवार बन्द गर्दा बचतकर्ता पिडामा

    बागलुङ । दैनिक बचत गरेको रकम फिर्ता लिन जादा सहकारीले कारोवार बन्द गरेपछि बचतकर्ता मर्कामा परेका छन । सहकारीमा खाता खोली बचतमा राखेको रकम फिर्ता लिन नपाएपछि बचतकर्ता चिन्तित बनेका हुन । पछिल्लो समयमा केही सहकारीहरुले बचतकर्ताहरुको रकम फिर्ता गर्न सकेका छैनन । 

    images
    images

    बागलुङमा शाखा कार्यालय सञ्चालन गरेको शिव शिखर बहुउदेश्यीय सहकारी संस्थाले गत २०७९ फागुन २ गते देखि कारोवारसगै कार्यालय बन्द गरेको दुई महिनापछि अर्को एक सहकारीले आफनो कारोवार बन्द गरेको छ । बागलुङ नगरपालिका वडा नं.२ हल्लन चोकमा कार्यालय रहेको इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले तरलता अभाव भएको भन्दै कारोबार बन्द गरेपछि बचतकर्ता थप समस्यामा परेका छन । सहकारी सञ्चालक समितिको मिति २०८० साल बैशाख ६ गते बसेको बैठकले देशमा बिद्यमान आर्थिक अवस्थामा पनि तरलता अभाव भएको भन्दै अर्को सुचना नहुदासम्म सम्पुर्ण कारोवार बन्द गरिएको बिहिबार उल्लेख गरेको छ । 

    सहकारीको कारोवार बन्द भएपछि दैनिक बचत गर्दै आएका बचतकर्ता रकम फिर्ता लिन बिहिबार बिहादेखि कार्यालयमा बसे । कार्यालयमा कर्मचारी समेत नदेखेपछि सयौ बचतकर्ता थप आक्रोशित बने  । आफुले दैनिक बचत गरेको रकम फिर्ता लिन आउदा कार्यालयमा कर्मचारी नदेखिनु र सुचना टासेर कारोवार बन्द गर्नाले अन्यौल सृजना भएको सर्वसाधारणको भनाई छ । बचतकर्ता रकम फिर्ताको सुनिश्चित नभएसम्म कार्यालयमा नै धर्ना दिने बताएका छन । भविष्यको लागि जोहो गर्दै जम्मा गरेको रकम कहिले फिर्ता हुने हो भन्नेमा चिन्ता बढेपछि बचतकर्ताको बाक्लो उपस्थिति कार्यालयमा हुन पुग्यो ।

    New Picture (1).bmp

    बचतकर्ताहरुले कार्यालय बन्द हुनुको कारण जानकारी गराउनुपर्ने र आफुले बचत गरेको रकमको सुरक्षाबारे सहकारीले सुनिश्चित गर्नुपर्ने माग गरेका छन । सहकारीमा आफनो जम्मा गरेको रकम सुरक्षित हुन नसक्दा सर्वसाधारण चिन्तित बनेका छन । गत चैत्र २० गते ६६ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले बागलुङका सहकारी सुरक्षित रहेको बताएको एक महिना नहुदै बचतकर्ताहरुले सहरकारीमा राखेको आफनो रकम सुरक्षित हुन नसकेको भन्दै पिडा पोखेका छन । बचतकर्ताहरु अहिले बचत गरेको रकम पाउन नसक्दा थप समस्या झेल्न बाध्य भएका छन । 

    देभभर तरलतादेखिको अवस्थामा सहकारीमा रकम फिर्ता लिन सबै बचतकर्ता एकै पटक आउदा समस्या उत्पन्न भएको इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड संस्थापक अध्यक्ष देवकुमार नेपालीले बताए । बचतकर्ताहरुले आफनो खातामा जम्मा गरेको रकम सुरक्षित छ ,नेपालीले भने,सबैको रकम फिर्ता हुनेछ । बचतकर्ताको रकम कहि कतै नजाने र समयमा नै फिर्ता हुने उनले बताए ।

    दैनिक ज्यालादारी गरि आम्दानी गरेको सर्वसाधारणको रकम,व्यवसायी,बैदेशिक रोजागरीबाट प्राप्त,जेष्ठ नागरिक,बालबालिका लगाएले बढि व्याज पाउने आशामा बर्षौदेखि सहकारीमा नियमित बचत गर्दै आएका छन । 

    सहकारीमा देखिएको समस्यालाई समाधान गर्न सम्बन्धित निकायलाई पत्राचार गरिसकिएको बागलुङ नगरपालिका प्रमुख बसन्तकुमार श्रेष्ठले बताए । बचनकर्ताको रकम फिर्ता गराउन पहल भईरहेको उनले बताए । 

    बागलुङ बजारमा कार्यालय रहेको संस्थामा झन्डै ४५ करोड रुपैया बचतकर्ताले बचत गरेका छन । १२ बर्ष अगाडि सहकारीले सदरमुकामका कार्यालय स्थापना गरि कारोवार गर्दै आएको थियो । सहकारीले बागलुङ सदरमुकामसगै बुर्तिवाङ र पोखरामा कार्यालय सञ्चालन गर्दै आएको छ । 

     

    339938488_216289264432829_3011737908839312697_n.jpg

     


    स्वतन्त्र प्रेस
    स्वतन्त्र प्रेस

    प्रतिक्रिया दिनुहोस