बागलुङमा क्रिकेटरद्वय करण केसी र सुवास भण्डारीलाई सम्मान गरिएको छ । राष्ट्रिय क्रिकेट टोलीका सदस्य केसी र यू-१९ टोलीका सदस्य भण्डारीलाई बागलुङ नगरपालिकाले बुधबार सम्मानित गरेको हो ।
नगरपालिकाले नेपाली क्रिकेटलाई विश्वकप छनोटमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने केसीलाई १ लाख रुपैयाँ नगद र यू–१९ टोलीलाई विश्वकपमा पुर्याउने भण्डारीलाई ५० हजार रुपैयाँ नगदसहित सम्मानित गरेको छ ।
केसी र भण्डारीको गृह जिल्ला बागलुङ हो । केसी बागलुङ नगरपालिका–८ सिगानाका हुन भने भण्डारी काठेखोला गाउँपालिका–१ पालाका हुन । केसीले राष्ट्रिय क्रिकेट टोलीका फास्ट बलिङ अलराउण्डर आईसीसी विश्वकप लिग–२ का खेलमा कूल ५० विकेट लिँदै सानदार प्रस्तुती गरेका थिए । भण्डारीले यू–१९ क्रिकेट टोलीका स्पिनर नेपाललाई सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपमा पुर्याउन सानदार प्रस्तुती गरेका थिए ।