Logo

Jul 30 2026 | २०८३, साउन १४गते

गण्डकी प्रदेशमा एमालेको सरकार ढल्यो


स्वतन्त्र
शनिबार, वैशाख ९ २०८००७:२७
  • 516
    SHARES

  • गण्डकी प्रदेशमा एमालेको सरकार ढल्यो

    पोखरा । प्रदेशसभा बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पेस गरेको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकार गरेको छ । मुख्यमन्त्री अधिकारीले शनिबार आफूलाई प्रदेशसभामा विश्वासको मत छ भनेर राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो। 

    images
    images

    प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत परेको छ । अधिकारीलाई एमालेको २२ र राप्रपाका २ सांसदले मत दिएका हुन। माओवादीका ७, कांग्रेसका २७ र स्वतन्त्र सांसदले विपक्षमा मत दिएका थिए । उनले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत माग गरेका थिए ।

    एमाले संसदीय दलका नेता अधिकारीले माओवादी केन्द्र र राप्रपाको समर्थनमा गत पुस २५ मा मुख्यमन्त्रीमा नियुक्त भई पुस २९ मा विश्वासको मतसमेत लिएका थिए । संविधानको धारा १६८ को उपधारा २ अनुसार उनी मुख्यमन्त्री बनेका थिए । तर, केन्द्रीय सत्ता समीकरण फेरिएसँगै गण्डकीमा पनि माओवादी केन्द्रले चैत १० मा सरकारलाई दिएको समर्थन फिर्तासहित मन्त्रीले राजीनामा दिएपछि अधिकारी सरकार अल्पमतमा परेको थियो । संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री अधिकारीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले शनिबार लिएका हुन।

    ६० सदस्यीय प्रदेशसभामा सरकार बन्न ३१ मतको आवश्यक पर्दछ । अब संविधानको धारा १६८ को ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्नेछ। प्रदेश सभामा २७ सांसद रहेको कांग्रेस सबैभन्दा ठूलो दल हो । एमालेको २२, सभामुखसहित माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र एक सांसद छन। 

    प्रतिक्रिया दिनुहोस