Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

पाल्पामा बस दुर्घटना एक महिलाको मृत्यु,२० घाइते


स्वतन्त्र
आइतबार, वैशाख १० २०८०११:१४
  • 508
    SHARES

  • पाल्पामा बस दुर्घटना एक महिलाको मृत्यु,२० घाइते

    बुटवलबाट बाग्लुङ आउदै गरेको लु १ ख ५९५६ नम्बरको यात्रुवाहक बस आज बिहान पाल्पाको जोरधारामा दुर्घटना हुदा एक महिलाको मृत्यु भएको छ । 

    images
    images

    दुर्घटनामा परि घाइते भएकी महिलालाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्य भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। मृतक महिलाको परिचय नखुलेको थापाले जानकारी दिए ।

    अहिलेसम्म २० जना घाइतेलाई उद्दार गरी लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको प्रहरीले जनाएको छ । तीमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।

    बसमा कति यात्रु थिए भन्ने यकिन भइनसकेको र घटनास्थलमा सम्भावित घाइतेहरूको खोजी भइरहेको छ । अहिले उद्धार कार्य भईरहेको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस