बुटवलबाट बाग्लुङ आउदै गरेको लु १ ख ५९५६ नम्बरको यात्रुवाहक बस आज बिहान पाल्पाको जोरधारामा दुर्घटना हुदा एक महिलाको मृत्यु भएको छ ।
दुर्घटनामा परि घाइते भएकी महिलालाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्य भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। मृतक महिलाको परिचय नखुलेको थापाले जानकारी दिए ।
अहिलेसम्म २० जना घाइतेलाई उद्दार गरी लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको प्रहरीले जनाएको छ । तीमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।
बसमा कति यात्रु थिए भन्ने यकिन भइनसकेको र घटनास्थलमा सम्भावित घाइतेहरूको खोजी भइरहेको छ । अहिले उद्धार कार्य भईरहेको प्रहरीले जनाएको छ ।