काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचनमा अन्र्तगत बारा–२,चितवन–२ र तनहुँ–१ निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ ।
अहिले सम्म तनहुँ–१ मा ३० प्रतिशत , चितवन–२ मा २० प्रतिशत मत र बारा–२ मा १५ प्रतिशत मत खसेको सम्बन्धित निर्वाचन अधिकृत कार्यालयले जनाएका छन ।
तीनवटै निर्वाचन क्षेत्रका मतदानस्थलमा सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । बिहानदेखि नै मतदाताहरु मतदानको लागि लाइनमा रहेका छन ।