चितवन । आचारसंहिता उल्लंघन गरेकोमा रास्वपाले क्षमायाचना गरेपछि चितवन निर्वाचन क्षेत्र नम्बर २ अन्र्तगतको किरण कमलकुसुम मावि मतदान केन्द्रमा मतदान पुनःसुरु भएको छ । रास्वपाका कार्यकर्ताहरूले मतदान स्थलमा नाराबाजी गर्दै भीडभाड गरेपछि मतदान स्थलमा दुई घण्टाभन्दा बढी समय मतदान स्थगित भएको थियो ।
निर्वाचन आयोगको पहलमा रास्वपा र अन्य दलका प्रतिनिधिबीच चार बुँदे समझदारी भएसँगै मतदान पुनः सुरु भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव सुचारु चलिरहेको समयमा आचारसंहिता उल्लंघन गर्ने कार्यक्रम संचालन भएको पाइयो । उक्त दलबाट क्षमायाचना गर्ने निर्णय गरियो । बुँदामा भनिएको छ ।
त्यस्तै, मतदान स्थलको ३ सय मिटर वरपर सुरक्षाका लागि नेपाली सेना परिचालन गर्ने निर्णय पनि भएको छ । आचारसंहिता उल्लंघन गरेको विषयमा मुख्य निर्वाचन कार्यालयलाई लेखी पठाउने निर्णय पनि गरिएको छ । साथै ३ सय मिटर वरपर शान्ति सुरक्षा कायम गर्नका लागि सेना परिचालन गर्ने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ ।