Logo

Jul 30 2026 | २०८३, साउन १४गते

मतदान शान्तिपूर्णरुपमा सम्पन्न,अन्तिम परिणाम मंगलबारसम्म आउने


स्वतन्त्र
आइतबार, वैशाख १० २०८००८:०३
  • 476
    SHARES

  • मतदान शान्तिपूर्णरुपमा सम्पन्न,अन्तिम परिणाम मंगलबारसम्म आउने

    काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि तीन वटा क्षेत्रमा आइतबार भएको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनकरुपमा सम्पन्न भएको छ । बारा २, चितवन २ र तनहुँ १ मा भएको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनकरुपमा मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

    images
    images

    आयोगकाअनुसार बारा-२ मा ६४ प्रतिशत, चितवन-२ मा ६३ प्रतिशत र तनहुँ-१ मा ५३ प्रतिशत मतदान भएको छ । आयोगको प्रारम्भिक विवरणअनुसार तीनवटै क्षेत्रमा औषतमा ६० प्रतिशत मतदान भएको छ । यद्यपि मतदानको विवरण भने आयोगको सूचना प्रणालीमा प्रविष्टि हुनेक्रममा रहेको आयोगले जनाएको छ ।

    मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट साँझदेखि नै मतपेटिका संकलन कार्य भइरहेको  आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।स्थानीय प्रशासन र मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनाको तयारी समेत गरिसकेका छन् । 

    प्रतिक्रिया दिनुहोस