काठमाडौं । बारा क्षेत्र नम्बर-२, चितवन क्षेत्र नम्बर-२ र तनहुँ क्षेत्र नम्बर-१ मा मतदान सम्पन्न भएसगै मतपेटिका मतगणनास्थलमा ल्याउने क्रम भईरहेको छ ।
तीनवटा क्षेत्रमा भएको उपनिर्वाचनको मतपेटिकाको ढुवानी काम भईरहेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।
आज राती ११ बजेभित्र तीन वटै क्षेत्रका मतपेटिकाहरू मतगणनास्थलमा पुर्याउने तयारी भईरहेको अर्यालले बताए । यी क्षेत्र समग्रमा करिब ६० प्रतिशत मतदान भएको आयोगले जनाएको छ।