Logo

Jul 30 2026 | २०८३, साउन १४गते

चित्रबहादुर केसीले सार्वजनिक गरे चुनावी खर्चको विवरण


स्वतन्त्र
आइतबार, वैशाख १० २०८०१०:०१
  • 644
    SHARES

  • चित्रबहादुर केसीले सार्वजनिक गरे चुनावी खर्चको विवरण

    बागलुङ । गत मंसिर ४ गते भएको निर्वाचनमा बागलुङ निर्वाचन क्षेत्र न १ बाट विजयी भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चुनावी खर्च विवरण सार्वजनिक गरेका छन । आइतबार बागलुङमा पत्रकार सम्मेलन गरि निर्वाचनमा १८ लाख १४ हजार रुपैयाँ खर्च भएको संघीय सांसद केसीका निर्वाचन प्रतिनिधि थानेश्वर सुवेदीले बताए । 

    images
    images

    निर्वाचन प्रचारप्रसारका क्रममा सवारी साधन भाडा तथा इन्धनमा ८ लाख ६० हजार, प्रतिनिधि परिचालन खर्चमा २ लाख ५० हजार, कार्यालय सञ्चालनमा २ लाख, मतदाता नामावली खरिद, छपाई र फोटोकपीमा ९० हजार रुपैयाँ खर्च भएको पत्रकार सम्मेलन उल्लेख गरियो ।

    त्यस्तै सामाग्री ढुवानीमा २० हजार, विद्युतिय तथा छापा प्रचार प्रसारमा ४० हजार, सामाजिक सञ्जालमा १० हजार र बिबिध तर्फ १ लाख ३४ हजार रुपैयाँ गरि १८ लाख १४ हजार खर्च भएको उल्लेख छ ।

    निर्वाचन ऐन २०७४ को दफा ७२ र निर्वाचन निर्देशिका २०७९को दफा ८० बमोजिम केसीले खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन । केसीले गत मंसिरमा भएको निर्वाचनमा २१ हजार ४५१ मत ल्याएर विजयी भएका थिए । 

    341490540_1298558294029557_6879599203680124279_n.jpg

    प्रतिक्रिया दिनुहोस