Logo

Jul 30 2026 | २०८३, साउन १४गते

तीनवटै क्षेत्रमा मतगणना जारी


स्वतन्त्र
सोमबार, वैशाख ११ २०८००४:१८
  • 492
    SHARES

  • तीनवटै क्षेत्रमा मतगणना जारी

    काठमाडौं । उपनिर्वाचन भएका चितवन २, बारा २ र तनहुँ १ मा मतगणना अहिले जारी छ।  तीन क्षेत्रमध्ये अहिले सबैभन्दा धेरै मतगणना तनहुँको भइसकेको छ।  तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले फराकिलो मतान्तरले अगाडि छन।

    images
    images

    वाग्लेले १५ हजार ९५८ मत ल्याएका छन्। उनलाई कांग्रेसका गोबिन्द भट्टराईले ९ हजार १२३ मत ल्याएर पछ्याइरहेका छन्। एमालेका सर्वेन्द्र खनाल ५ हजार १६६ मत ल्याएर छन्। त्यहाँ ६३ हजार ७ सय ५७ मत खसेको छ।

    यस्तै, बारा २ मा जनमतका शिवचन्द्र कुशवाहले ८९५ मत ल्याएर अहिले अग्रता कायम गरेका छन । जसपाका उपेन्द्र यादवले ७८७ मत ल्याएका छन । यादवले सुरुवाती अग्रता लिएपनि उनलाई अहिले कुशवाहले पछि पारेका छन । एमालेका पुरुषोत्तम पौडेल ५२३  मत ल्याएका छन्।

    यस्तै, चितवन २ मा रास्वपाका रवि लामिछाने १ हजार १५५ ल्याएर अगाडि रहेका छन । एमाले उम्मेदवार रामप्रसाद न्यौपान्नेले ६६५ मत ल्याएका छन । सुरुवाती चरणमा भने एमाले उम्मेदवार रामप्रसाद न्यौपान्नेले रास्वपाका रवि लामिछानेमाथि झिनो मतले अगाडि कायम गरेका थिए । कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले ५८८ भोट ल्याएर तेस्रो स्थानमा छन् । 

    प्रतिक्रिया दिनुहोस