बागलुङ । बागलुङमा शालग्राम महोत्सव २०८० सुरु भएको छ । धार्मिक महत्वको पवित्र र दुर्लभ शालग्रामको संरक्षण,सम्बद्र्धन सँगसँगै पर्यटन प्रबद्र्धन गर्न बागलुङमा शालग्राम महोत्सव सुरु भएको हो ।
शालग्रामको संरक्षण गर्ने उदेश्यले गित संगितका माध्यमबाट प्रतिगात्मक सन्देश दिन श्रीधराचार्य शालग्राम संग्राहलय तिरुपती बालाजीधामको आयोजनामा सोमबारदेखि बागलुङ नगरपालिका–४ कुँडुले फेदीमा महोत्वस सुरु भएको छ । कालीगण्डकीबाट ६ फिट अग्लो घडामा पानी भरेर शोभायात्रा गरि महोत्सवको शुभारम्भ गरिएको छ ।
मालढुङ्गादेखि महोत्वसस्थल कुँडुले फेदीसम्म शोभायात्रा गरिएको छ । पहिलो दिन कालीगण्डकी/शालग्राम गौरवगाथा बिषयक कवि गोष्ठी सञ्चालन गरिएको छ ।
१५ गतेसम्म सञ्चालन हुने शालग्राम महोत्वसमा रत्यौली,आध्यामित्मक भजन, झाँक्री नृत्य, दोहोरी सहित प्रवचन हुने श्रीधराचार्य शालग्राम संग्राहलयका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताए । कृष्ण गण्डकीको सभ्यताको महत्व र शालग्रामको महिमाको प्रचारप्रसारमा महोत्वसले टेवा पुग्ने अपेक्षा गरिएको छ ।
कुँडुले फेदीमा जमिनभित्र १ सय मिटर लामो सुरुङ मार्ग खनेर १ लाख १५ हजार शालग्रामलाई संरक्षण गरि राखिएको छ ।