Logo

Jul 31 2026 | २०८३, साउन १५गते

संसदीय समितिमा दलहरुबीच सहमति


स्वतन्त्र
सोमबार, वैशाख ११ २०८००८:०३
  • 408
    SHARES

  • संसदीय समितिमा दलहरुबीच सहमति

    काठमाडौँ । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच संसदीय समितिहरूको भागबन्डामा सहमति भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकमा समितिको भागबन्डामा सहमति भएको हो ।

    images
    images

    प्रमुख प्रतिपक्षी दल एमालेले पनि एउटा विशेष समिति र अरु दुई गरी तीनवटा समितिको नेतृत्व पाउने भएको छ । एमालेले प्रतिनिधिसभाका १० विषयगत समितिमध्ये सार्वजनिक लेखा समिति र अर्को कुनै समिति पाउनेछ । कुन समिति एमालेले पाउने भन्नेबारे भने पछि तय हुने एमालेका प्रमुख सचेतक पदम गिरीले बताए ।

    संसद्‌का दुई विशेष समितिमध्ये राज्यको निर्देशक समिति एमालेले पाउनेछ भने संसदीय सुनुवाइ समितिको नेतृत्व कांग्रेसले गर्नेछ । 

    प्रतिनिधिसभाबाट गत चैत १९ मा पारित नियमावलीअनुसार प्रतिनिधिसभामा अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा गरी १० वटा समिति रहनेछन्  ।अन्य समितिको नेतृत्वमा सत्तारुढ दलले आ आफूले भागबन्डा मिलाउनेछन् ।

    संसदीय सुनुवाइ समितिमा कांग्रेस र एमालेका ४र४ सदस्य हुनेछन् । अन्य सदस्यहरुमा माओवादी, रास्वपा, राप्रपा, जसपाका सदस्य रहनेछन् । छलफलमा एमालेका अध्यक्ष केपी ओली, संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरी सहभागी थिए । यस्तै कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक थिए भने माओवादीबाट प्रधानमन्त्री पुष्पकमल पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए ।

    प्रतिक्रिया दिनुहोस