Logo

Jul 30 2026 | २०८३, साउन १४गते

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले विजयी


स्वतन्त्र
मंगलबार, वैशाख १२ २०८००७:१०
  • 380
    SHARES

  • तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले विजयी

    तनहुँ । तनहुँ–१ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्ले विजयी भएका छन । उनि फराकिलो मतान्तरसहित विजयी भएका हुन ।आज बिहान सम्पन्न मतगणनाअनुसार उनले ३४ हजार नौ सय ११ मत प्राप्त गरी विजयी भएका छन । 

    images
    images

    उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार एक सय २२ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले आठ हजार चार सय ८८ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिृकत मीनबहादुर कुँवरले जानकारी दिए ।

    यसैगरी राप्रपाका शोभा गुरुङले दुई सय १८, नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारले ९९, नेमकिपाका रामप्रसाद प्रजापतिले ३१, नेकपा समाजवादीका गणेश श्रेष्ठले पाँच, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर थापाले एक सय ६६ र राष्ट्रिय जनमुक्तिका पूर्णबहादुर रानाले ८७ मत प्राप्त गरेका छन्।

    निर्वाचनमा ६५ हजार तीन सय १६ मत खसेकामा एक हजार एक सय ८१ मत बदर भएको थियो ।तनहुँ–१ का प्रतिनिधिसभा सदस्य नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएपछि रिक्त यो स्थानमा आइतबार निर्वाचन भएको थियो ।

    प्रतिक्रिया दिनुहोस