Logo

Jul 30 2026 | २०८३, साउन १४गते

गण्डकीमा बहुमतको आधारमा सरकार गठनको आव्हान


स्वतन्त्र
मंगलबार, वैशाख १२ २०८००२:२०
  • 424
    SHARES

  • गण्डकीमा बहुमतको आधारमा सरकार गठनको आव्हान

    पोखरा । गण्डकी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आह्वान गरेका छन् । मुख्यमन्त्री खगराज अधिकारीले वैशाख ९ गते सदनबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख गुरुङ नयाँ सरकार गठनका लागि आजदेखि ३ दिन अर्थात् वैशाख १४ गते दिउँसो ४ बजेसम्मको समय दिएका छन् ।

    images
    images

    नेपालको संविधानको धारा १६८ को २ अनुसार सरकार गठनका लागि उनले आह्वान गरेका हुन् । अधिकारी सरकार पनि यही धारा अनुसार गठन भएको थियो ।

    प्रदेशसभामा कुनै पनि दलको प्रष्ट बहुमत नभएको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्न सक्ने व्यवस्था धारा २ ले गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस