Logo

Jul 30 2026 | २०८३, साउन १४गते

रास्वपाका सांसद श्रेष्ठ पदमुक्त


स्वतन्त्र
मंगलबार, वैशाख १२ २०८००५:०८
  • 384
    SHARES

  • रास्वपाका सांसद श्रेष्ठ पदमुक्त

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.ढाकाकुमार श्रेष्ठ पदमुक्त भएका छन । मंगलबार प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले उनलाई पार्टीले निष्कासन गरेको जानकारीसहितको सूचना पढेर सुनाएसँगै श्रेष्ठ पदमुक्त भएका हुन् । पार्टीले सांसद श्रेष्ठलाई पदमुक्त गराउन संघीय संसद सचिवालयमा पत्राचार गरेको थियो ।

    images
    images

    व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिलको अडिओ बाहिरिएपछि रास्वपाले उनलाई सांसदसहित पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीको सोही निर्णय बमोजिम उहाँको पद रिक्त भएको सभामुख घिमिरेले बताए ।

    ‘राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सदस्य डा. ढाकाकुमार श्रेष्ठलाई सम्बन्धित संसदीय दलले पार्टीको साधारण सदस्यताबाट निष्कासन गरेको र सो निर्णय बमोजिम निजको सांसद पद रिक्त हुने भनी निर्णयसहितको सूचना राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ को उपदफा १ बमोजिम संघीय संसद सचिवालयमा दिएकोले सोही ऐनको दफा ३५ बमोजिम सभालाई जानकारी गराउँछु, सभामुख घिमिरेले भने। साथै राजनीतिक दलसम्बन्धि ऐन २०७३ को दफा ३६ बमोजिम प्रतिनिधिसभा सदस्यको उक्त स्थान रिक्त भएको व्यहोरा जानकारी गराउँछु ।’

    श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य थिए । उनको ठाउँमा रास्वपाले विन्दवासिनी कंशाकारलाई सांसद बनाउने निर्णय गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस