काठमाडौँ । काठमाडौं तराई/मधेस फास्ट ट्र्याकको सम्बन्धमा जग्गा प्राप्तिको विषयलाई छिटो टुंग्याउने सरकारले निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए ।
केही दिनअघि हामीले उच्चस्तरीय समिति पनि यसका लागि निर्माण गरेका थियौं । त्यो समितिले काम अघि बढाएको छ । छिट्टै जग्गा प्राप्तिको कामलाई अघि बढाउने, टुंग्याउने भन्ने निर्णय भएको छ, उनले भने ।
बैठकमा सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने निर्णय भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको गुणस्तर नापतौलसम्बन्धी विधेयक समितिमा पठाउने निर्णय गरेको पनि बैठकले गरेको उनले बताए । जग्गा कित्ताकाटसम्बन्धी विषयलाई अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय भएको मन्त्री ज्वालाले बताए ।