Logo

Jul 30 2026 | २०८३, साउन १४गते

बारा–२ मा ३१ उम्मेदवारको जमानत जफत


स्वतन्त्र
बुधबार, वैशाख १३ २०८०१०:५९
  • 404
    SHARES

  • बारा–२ मा ३१ उम्मेदवारको जमानत जफत

    बारा । बारा–२ मा ३१ उम्मेदवारको जमानत जफत भएको छ।  निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत  ल्याउन नसकेका उम्मेदवारहरुको जमानत जफत भएको छ । 

    images
    images

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलसहित ३१ उम्मेदवारको जमानत जफत हुने भएको छ । मतगणनाको अन्तिम परिणाम अनुसार खरेलले २ हजार ८ सय २९ मत पाएका छन्। जसअनुसार रास्वपाका उम्मेदवार खरेलले पाएको मत ४.१४ प्रतिशत रहेकाले उनको जमानत जफत हुने भएको छ ।

    सत्तागठबन्धनको समर्थनमा जसपा अध्यक्ष उपेन्द्र यादव २८ हजार  ४१५ मतसहित निर्वाचित भइसकेका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत पाए। एमालेका पुरूषोत्तम पौडेलले  १० हजार  २१६ मत ल्याए।  

    बारा–२ मा ३४ उम्मेदवारमध्ये तीन जनाले मात्र दस प्रतिशत मत कटाएका छन्। बाँकी ३१ उम्मदवारको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिएका छन्।  बारा–२ का मुख्य निर्वाचन अधिकृत उपाध्यायका अनुसार ६९ हजार २२ मत खसेकोमा ६८ हजार १९२ मत सदर भएको छ।

    प्रतिक्रिया दिनुहोस