Logo

Jul 30 2026 | २०८३, साउन १४गते

तनाव व्यवस्थापनका लागि सकारात्मक सोचौ


स्वतन्त्र
बुधबार, वैशाख १३ २०८००४:५२
  • 584
    SHARES

  • तनाव व्यवस्थापनका लागि सकारात्मक सोचौ

    बागलुङ । तनावमुक्त जिवन जिउनका लागि हरेक मानिसले दैनिक जिवनमा खानपान, आराम, समय व्यवस्थापनमा ध्यान दिनुपर्ने सरोकारवालाले बताएका छन । जिल्ला सहकारी संघ लिमिटेड बागलुङको १६ औं स्थापना दिवसका अवसरमा बागलुङमा आयोजित तनाव व्यवस्थापन कार्यक्रममा सहभागीहरुले अहिले मानिसमा तनावपुर्ण जिवन जिउने क्रम बढेकोले त्यसलाई समाधान गर्न सकारात्मक सोच सहित हरेक व्यक्ति अगाडि बढनुपर्ने बताए । 

    images
    images

    कार्यक्रममा बागलुङ नगरपालिकाका कार्यवाहक नगर प्रमुख राजु खड्काले सकारात्मक सोचका साथ चुनौतीको सामना गर्न तत्पर हुनसके जुनसुकै समस्या सहज रुपमा समाधान हुने बताए ।  

    कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका संस्थापक अध्यक्ष कृष्ण शंकर श्रेष्ठ, पूर्व अध्यक्ष तथा सल्लाहकार राम बहादुर जिसी, पूर्व अध्यक्ष तथा सल्लाहकार दिपक गौतम, सल्लाहकार तथा नेफ्स्कुनका सञ्चालक चण्डी प्रसाद शर्मा लगायतले धारणा राखेको थिए । कार्यक्रम जिल्ला सहकारी संघका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी (अञ्जु) को अध्यक्षता, उपाध्यक्ष पिंगला खड्का जिसीको स्वागत र सचिव तेज प्रसाद शर्माले सञ्चालन गरेका थिए । 

    ब्रह्माकुमारी राजयोग केन्द्रका अन्तर्राष्ट्रिय प्रशिक्षक रमण भट्टराईले तनाव व्यवस्थापन सम्बन्धमा सहजीकरण गरेका थिए । जिल्ला सहकारी संघको आयोजना तथा राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाको प्राविधिक सहयोगमा तनाव व्यवस्थापन कार्यक्रममा भएको थियो । 

    ddddd.jpg

    प्रतिक्रिया दिनुहोस