Logo

Jul 30 2026 | २०८३, साउन १४गते

को हुन् गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डे


स्वतन्त्र
बिहीबार , वैशाख १४ २०८००९:५३
  • 456
    SHARES

  • को हुन् गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डे

    कास्की । नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भए  । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई बिहीबार संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

    images
    images

    यस प्रदेशमा नयाँ सरकार गठनका लागि आजै दाबी पेस गरिएको थियो । पाण्डे माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । गण्डकीमा सत्ता साझेदार दलबीच आलोपालो सरकारको नेतृत्व लिने सहमति अनुसार पहिलो चरणमा पाण्डेले नेतृत्व गर्नेछन् ।

    २०२१ भदौ ९ गते जन्मिएका पाण्डे विद्यार्थीकालदेखि राजनीतिमा लागेका हुन् । नेपाली कांग्रेसको भ्रातृसंस्था नेविसंघमा आबद्ध भएका उनले २०३६ सालमा नेविसंघको सदस्यता लिएर विद्यार्थी आन्दोलनमा प्रवेश गरेका हुन् । पाण्डे २०३९ सालमा नेविसंघ अस्कल इकाइ सचिव हुँदै २०४५ सालमा त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति निर्वाचित भएका थिए ।

    २०४९ मा नेविसंघको केन्द्रीय सदस्यसमेत भएका पाण्डे २०५९ मा नेपाल तरुण दलको महासचिव बनेका थिए । अहिले तेस्रोपटक नेपाली कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित उनीसँग २०७४ सालमा राष्ट्रिय सभामा सांसद रही नेपाली कांग्रेसकोतर्फबाट प्रमुख प्रतिपक्ष दलको नेता बनेर काम गरेको अनुभव छ । राजनीतिक संघर्षका क्रममा उनले २०४५ साल, शाही शासन २०६१ सालमा गरी झण्डै ८ महिनाभन्दा बढी समय जेल जीवन बिताएका छन् ।

    गत मंसिरमा भएको निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ मा संघीय क्षेत्रमा एकल सिफारिस भएका पाण्डे कांग्रेस र माओवादीको चुनावी तालमेल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा आउने भएपछि पाण्डे प्रदेश सभामा झरेका थिए । मुख्यमन्त्री बन्ने सर्तसहित प्रदेशमा झरेका उनी प्रचण्डकै कारण मुख्यमन्त्री बन्न बञ्चित भएका थिए । ४ महिनामै प्रचण्डले गठबन्धन गरेसँगै पाण्डेलाई मुख्यमन्त्री बन्ने अवसर जुरेको थियो ।

    प्रतिक्रिया दिनुहोस