Logo

Jul 31 2026 | २०८३, साउन १५गते

प्रधानन्यायाधीश नियुक्त अविलम्ब गर्न नेपाल बारको माग


स्वतन्त्र
आइतबार, वैशाख १७ २०८००८:१९
  • 416
    SHARES

  • प्रधानन्यायाधीश नियुक्त अविलम्ब गर्न नेपाल बारको माग

    नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतका प्रधानन्यायाधीशको नियुक्त अविलम्ब गर्न माग गरेको छ। एशोसिएसनकी महासचिव अन्जिता खनालले विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतका प्रधानन्यायाधीशसहित सबै अदालतका न्यायाधीश नियुक्त गर्न माग गरेकी हुन्। 

    images
    images

    ‘सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्ति समयमा हुन नसक्दा समग्र न्यायपालिका नेतृत्वविहीन हुन पुगी न्यायपालिकाप्रति जनआस्था खस्किँदो अवस्थामा छ,’ विज्ञप्तिमा भनिएको छ, ‘देशभरिका अदालतमा रिक्त न्यायाधीशको पदपूर्ति हुन नसक्दा सेवाग्राहीले संविधानद्वारा प्रत्याभूत स्वच्छ न्याय पाउने हकबाट बञ्चित हुनुपरेको छ।’

    अहिले सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की छन्। एशोसिसनले प्रधानन्यायाधीश नियुक्ति, न्यायपालिकाको विकृति, विसङ्गतिको अन्त्य, पूर्ण स्वचालित पेसी व्यवस्थापन प्रणालीद्वारा तोक्ने प्रक्रियाको थालनी गर्न समेत माग गर्दै आइतबारदेखि दबाबमूलक कार्यक्रम सञ्चालन गरिने महासचिव खनालले जानकारी दिइन्।

    उनका अनुसार ती माग पूरा गर्नका लागि आजदेखि एक हप्तासम्म प्लेकार्ड र ब्यानरसहित संवैधानिक परिषद्का प्रमुख र सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराइने छ।

    रासस

    प्रतिक्रिया दिनुहोस