काठमाडौँ । सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच भएको छलफलमा दुवै पक्षबीच वार्ता टोली गठन गर्ने निर्णय भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का, मुख्य सचिव शंकरदास वैरागी र महावीर पुनको टोलीबीच रक्षा मन्त्रालयमा छलफल भएको थियो ।
छलफलपछि पुनले सकारात्मक कुराकानी भएको जानकारी दिए । अहिले हामीले बसेर कसरी अगाडि जाने भनेर निर्णय गरको छौं । आज बेलुका पाँच बजेभित्र टोली गठन गर्ने निर्णय भएको छ । आज भ्याइयो भने रातारात छलफल गर्ने, नभ्याए भोलिसम्म आन्दोलनका माग पूरा गर्ने निर्णय भएको छ,ु पुनले भने, ुछलफल एकदमै सकारात्मक छ ।
पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा अनिश्चितकालीन धर्ना सुरु गरेका थिए । पुन तीन दिनदेखि माइतीघरमा आन्दोलनरत छन् ।