Logo

Jul 30 2026 | २०८३, साउन १४गते

गण्डकी मुख्यमन्त्री पाण्डेले वैशाख २१ मा विश्वासको मत लिँदै


स्वतन्त्र
सोमबार, वैशाख १८ २०८००६:२०
  • 456
    SHARES

  • गण्डकी मुख्यमन्त्री पाण्डेले वैशाख २१ मा विश्वासको मत लिँदै

    पोखरा । गण्डकी प्रदेशका नवनियुुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले  वैशाख २१ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री पाण्डेले २१ गते आफूले विश्वासको मत लिने तयारी गरेका हुन।

    images
    images

    मन्त्रालय भागबण्डा नटुगिंएपछि मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएरमात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम गत बिहीबार पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए ।

    मन्त्रिपरिषद् बैठकले वैशाख २१ गते प्रदेशसभा अधिवेशन बोलाउन प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष सिफारिस गरेको थियो । उक्त सिफारिस अनुसार प्रदेश प्रमुख गुरुङले २१ वैशाखको दिउँसो २ बजे प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् । 

    प्रतिक्रिया दिनुहोस