बागलुङ । आन्तरिक तथा बाह्रय पर्यटकको चहलपहल अहिले गाउँमा बढन थालेको छ । प्राकृतिक सौन्दर्य, रमणीयस्थल र स्थानीय उत्पादनमा रमाउन आउने आन्तरिक पर्यटकहरु बढेका छन । गाउँको स्थानीय उत्पादन, कला र संस्कृतिले आन्तरिक तथा बाह्रय पर्यटकलाई लोभ्याउने गरेको छ । महिला पुरुष र युवा पुस्ताले रोजगारी प्राप्त गरि आर्थिक उपार्जन समेत गाउँमा भित्राउन सफल भएका छन ।
अहिले गाउँ गाउँमा सामुदायिक होमस्टेले पर्यटकलाई सहज भएको छ । बागलुङको गल्कोट नगरपालिकास्थित तोरीखोला बस्तीमा अहिले आन्तरिक पर्यटकको चहलपहल बढदै गएको छ । चिटिक्क मिलेको बस्ती,स्थानीय समुदायका युवा महिलाहरुको सक्रियताले तोरीखोला गाउँलाई होमस्टेको रुपमा बदलिएको छ । होमस्टे सञ्चालनमा आएसँगै तोरीखोला-२ मा प्राकृतिक सौन्दर्य, रमणीय स्थल र स्थानीय उत्पादनमा रमाउन आउनेहरुको संख्या बढेको हो ।
तोरीखोला गाउँ बागलुङ सदरमुकामदेखि गाडीमा एक दिनमा पुगिन्छ । सुरुमा थोरै घरबाट सञ्चालनमा आएको होमस्टे अहिले पुरै गाउँमा विकास भएको छ । पाँच दर्जन घरधुरी रहेको तोरीखोलामाअधिकाशं घर होमस्टेको रुपमा विकास भएका छन । स्थानीय उत्पादन, कला र संस्कृतिले तोरीखोला नमुनाको रुपमा विकास भएपछि पर्यटकको आकर्षण बढदै गएको होमस्टे संचालनक सिता पुनले बताईन । पहिला पहिला पनि आन्तरिक पर्यटक आउने गर्नुहुन्थ्यो, पुनले भनिन– केही बर्ष रोकियो, अहिले क्रमश आउने क्रम बढेको छ ।
खानामा गाउँमै उत्पादित माछामासु, तरकारी, गेडागुडी, आलु मकैको आटो, कोदोको ढिँडो, रोटीजस्ता परिकार र शान्त वातावरण यहाँको आर्कषणको केन्द्र बनेको छ । यहाँका स्थानियले होमस्टेका लागि १० देखि १५ लाख रुपैया सम्म लगानी गरेका छन् । महिला पुरुष र युवा पुस्ताले रोजगारी प्राप्तगरि आर्थिक उपार्जन समेत गरेका स्थानिय भक्तबहादुर घर्ती मगरले बताए । पर्यटकले खाना, खाजासहित एक दिन बास बसेको एक हजार दुई सय रुपैयाँ तिर्ने गरेका छन । समुहमा आउने पाहुनाहरुलाई स्थानीयले गाउँमा स्वागत गर्ने चलन रहेको तोरीखोला होमस्टेका अध्यक्ष कुमार पुनले बताए ।
बागलुङ जिल्लामा ३० भन्दाबढि स्थानमा होमस्टे छन् । स्थानीय तह र प्रदेश सरकारले सामुदायिक होमस्टे संचालन गर्न न्युनतम १० लाखदेखि माथि अनुदान समेत दिदै आएको छ ।