Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

सरकार र महावीर पुनबीच ७ बुँदे सहमति


स्वतन्त्र
सोमबार, वैशाख १८ २०८००८:३१
  • 496
    SHARES

  • सरकार र महावीर पुनबीच ७ बुँदे सहमति

    काठमाडौं । सरकार र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच ७ बुँदे सहमति भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र महावीर पुनले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।    

    images
    images

    सहमतिमा अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरू एकीकृत रूपमा संचालन गर्न नेपाल सरकारले एउटा कोष स्थापना गर्ने र यस कोषबाट अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरुमा लगानी गर्ने उल्लेख छ ।

    कोषको व्यवस्थापन तथा संचालन गर्न सङ्घीय संसदको आउँदो अधिवेशनमा विधेयक पेश गरी पारित गर्ने र सो विधेयकको मस्यौदा सरोकारवालाको परामर्शमा आगामी ६० दिनभित्र तयार सहमति पत्रमा उल्लेख छ ।

     

    प्रतिक्रिया दिनुहोस