Logo

Jul 31 2026 | २०८३, साउन १५गते

रवि लामिछानेका ड्राइभरको उपचारको क्रममा निधन


स्वतन्त्र
मंगलबार, वैशाख १९ २०८००४:४८
  • 356
    SHARES

  • रवि लामिछानेका ड्राइभरको उपचारको क्रममा निधन

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका सवारी चालकको उपचारको क्रममा निधन भएको छ । घरको छतबाट खसेर घाइते भएका गाडी चालक दिलबहादुर थापाको उपचारको क्रममा मंगलबार निधन भएको छ । नेपाल मेडिसिटी अस्पतालकी सूचना अधिकारी मनिता पोखरेलका अनुसार ड्राइभर थापालाई चिकित्सकहरूले मृत घोषित गरेका हुन् ।

    images
    images

    वैशाख ४ गते बिहान ४ बजे घरको छतबाट लडेर सख्त घाइते भएका शम्भु भनिने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ घर भएका ३९ वर्षीय थापाको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा प्रारम्भिक उपचार गरिएको थियो । टाउकोमा गहिरो चोट लागेका थापाको भरतपुरमा नै शल्यक्रियासमेत गरिएको थियो ।

    उनलाई वैशाख ५ गते मंगलबार सेनाको हेलिकोप्टरबाट ललितपुरस्थित मेडिसिटी अस्पतालमा थप उपचारका लागि ल्याइएको थियो ।

    प्रतिक्रिया दिनुहोस