Logo

Jul 30 2026 | २०८३, साउन १४गते

नयाँ तथा पुराना मौलिक लोक संस्कृति,स्थानिय उत्पादन,घरेलु सामाग्रीको प्रर्दशनी बिक्री बितरण हुने ।

पाँच सय बर्ष पुरानो ऐतिहासिक चैत्राष्टमी मेला बागलुङमा हुदै


शनिबार, चैत ११ २०७९०४:४६
  • 2.1K
    SHARES

  • पाँच सय बर्ष पुरानो ऐतिहासिक चैत्राष्टमी मेला बागलुङमा हुदै

    बागलुङ-झन्डै पाँच सय बर्ष पुरानो ऐतिहासिक चैत्राष्टमी मेला बागलुङमा सञ्चालन हुने भएको छ । गण्डकी प्रदेशकै महत्वपुर्ण मेलाको रुपमा चिनिने चैत्राष्टमी मेला बागलुङमा यस बर्ष पनि सञ्चालन गर्न लागिएको छ ।

    images
    images

    बि.स. १५९१ सालदेखि नियमित रुपमा सञ्चालन हुदै आएको चैत्राष्टमी मेला यस बर्षपनि कला संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने उदेश्यका साथ आयोजना गर्न लागिएको शनिवार बागलुङमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको छ । कालिका भगवती गुठी व्यवस्थापन समितिले बागलुङको आयोजनामा यहि चैत्र १३ गते देखि १७ गते सम्म मेला आयोजना गरेको छ । 

    “गन्तव्य बागलुङ कालिका–कला संस्कृतिको प्रदर्शन,स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रबद्र्धन” भन्ने मुल नाराका साथ मेला पाच दिन सम्म संचालन हुने छ । मेलामा नयाँ तथा पुराना मौलिक लोक संस्कृति,स्थानिय उत्पादन,घरेलु सामाग्रीको प्रर्दशनी बिक्री बितरण हुने कालिका भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार खडकाले बताए । 

    मेलामा ऐतिहासिक धार्मिक एवं संस्कृतिक गरिमालाई अभिबृद्धि हुने छ,खडकाले भने,स्थानीय एवं घरेलु उत्पादनको प्रबद्र्धन र बिक्री बितरणसंगै आन्तरिक तथा बाह्य पर्यटकको गतिलो माध्यम बन्ने छ । मेलालाई थप आर्कषित गर्न बिभिन्न झाँकी,कालिका कप खुल्ला भलिबल ,राष्ट्रिय लोक दोहोरी गीत,छेलो,रथ यात्रा र रमाइलो मेला संचालन हुने छन । 

    मेला अवलोकनको लागि करिव ५ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्रने आयोजनको दाबी छ । मेला भर्नको लागि प्रत्येक बर्ष धौलागिरीका चार जिल्लाका साथै देशका बिभिन्न जिल्ला र भारतदेखि नागरिक आउने गर्दछन । मेलामा ३० लाख खर्च लाग्ने आयोजकले जनाएको छ । प्रसिद्ध कालिका मन्दिरमा लाग्ने चैत्राष्टमी मेला ऐतिहासिक,धार्मिक, सांस्कृतिक,पर्यटकीय एवं आर्थिक दृष्टिकोणले महत्वपुर्ण रहदै आएको छ ।

    IMG_2581.JPG
    photo


    स्वतन्त्र प्रेस
    स्वतन्त्र प्रेस

    प्रतिक्रिया दिनुहोस