काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आफनो उपचार खर्च आफै ब्योर्होने भएका छन् । उपचार खर्च सम्मानीय राष्ट्रपतिज्यू स्वयंले बेहोर्ने राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जारी गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ।
छात्तिमा जमेको पानीमा संक्रमण बढे पछि उपचारका लागि राष्ट्रपति पौडेल भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्बिज्ञान संस्थान (एम्स) मा उपचार गर्नका लागि बैशाख पहिलो साता गएका थिए । १० दिन लामो उपचार पछि राष्ट्रपति पौडेल आइतवार राती स्वदेश फर्केका हुन् ।