दार्चुला । दार्चुलामा मंगलबार दिउँसो गएको हिमपहिरोमा पुरिएर बेपत्ता भएका ५ जनाको खोजी कार्य भईरहेको छ । दार्चुलाको व्याँस गाउँपालिका १ स्थित भोलिङमा हिमपहिरोमा पुरिएर बेपत्ता भएकाको खोजी तथा उद्धार कार्य आज पनि जारी छ । यार्सागुम्बा टिप्न गएकाहरू हिम पहिरोमा परी बेपत्ता भएका थिए ।
उनीहरुको खोजतलासका लागि आज बिहानै छाङरूबाट सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसहितको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी तर्कराज पाडेण्यले बताए ।
मंगलबार सशस्त्र र नेपाल प्रहरीको टोलीले हिमपहिरोमा फसेका १२ जना मध्य ७ जनाको उद्वार गरेको थियो । पाँचजना अझै फेला पर्न सकेका छैनन ।