पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्के खण्ड पुन: अवरुद्ध भएको छ । धादिङ धार्केको गणेश खोलामा रहेको पुलको जमिन भासिएपछि सडक अवरुद्ध भएको हो ।
मर्मतपछि एकतर्फी सञ्चालनमा आएको सडकमा आज एक्कासि सोही स्थानमा सडकमा प्वाल परेपछि सडक अवरुद्ध भएको छ ।सोमबारबाट अवरुद्ध भएको सडक २० घण्टाको निरन्तर मर्मतपछि हिजो बिहानबाट एकतर्फी रूपमा सञ्चालनमा भएपनि आजबाट पुनः अवरुद्ध भएको हो ।