काठमाडौँ । नवनियुक्त तीन मन्त्रीहरूले बिहिबार शपथ ग्रहण गरेका छन् । कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बूलाई राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार शीतल निवासमा पद तथा गोपनियताको शपथ गराएका हुन् ।
उनीहरु तिनै जना नेपाली कांग्रेसबाट मन्त्री बनेका हुन । अहिले सरकारमा कांग्रेसबाट मन्त्रीको संख्या आठ पुगेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका थिए ।