Logo

Jul 30 2026 | २०८३, साउन १४गते

प्रधानाध्यापकबाट ढकाललाई हटाएको भन्दै एकीकृत अखिल नेपाल शिक्षक संगठनको ध्यानकर्षण


स्वतन्त्र
बिहीबार , वैशाख २१ २०८०१०:०८
  • 460
    SHARES

  • प्रधानाध्यापकबाट ढकाललाई हटाएको भन्दै एकीकृत अखिल नेपाल शिक्षक संगठनको ध्यानकर्षण

    बागलुङ ।  विद्यामन्दिर माध्यमिक विद्यालय व्यवस्थापन समिति बागलुङले प्रधानाध्यापक शान्तामणि ढकाललाई विना जानकारी हटाएको भन्दै एकीकृत अखिल नेपाल शिक्षक संगठन नगर समितिले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । संगठनले एक प्रेस बिज्ञप्ति प्रकाशित गरि ढकाललाई प्रधानाध्यापकबाट बदनियतपुर्वक हटाएको भन्दै आफनो ध्यानकर्षण भएको जनाएको हो ।

    images
    images

    संगठनका अध्यक्ष सुरेन्द्र चपाईद्धारा हस्ताक्षरीत बिज्ञप्तिमा भनिएको छ,वैशाख १८ गते विद्यालय व्यवस्थापन समितिको बैठकको उपस्थिति उठाएपछि नियमित एजेन्डामा प्रवेश नगरी विद्यालय व्यवस्थापन समितिका सचिव प्रधानाध्यापक ढकालको हातबाट निर्णय पुस्तिका खोसेर विद्यालय बाहिर लगेर अमुख स्थानमा बैठक बसि गरिएको निर्णय विधिको शासन र बिद्यालय शान्ति क्षेत्र हुन भन्ने मान्यताको धज्जी उडाएको छ ।

    शिक्षा ऐन र नियमावली तथा प्रचलित कानुनको समेत पालना नगरी गरिएको निर्णय मान्य नदिन र यसको उचित समाधानको लागि नगर शिक्षा शाखालगाएत सरोकारवालाहरुलाई संगठनले विज्ञप्तिमार्फत अनुरोध गरिएको छ । 

    jjj-2.jpg

    प्रतिक्रिया दिनुहोस