Logo

Jul 30 2026 | २०८३, साउन १४गते

भ्रष्टाचारका ठूला फाइलहरू खुल्दै जाने- प्रधानमन्त्री प्रचण्ड


स्वतन्त्र
शनिबार, वैशाख २३ २०८००४:१०
  • 384
    SHARES

  • भ्रष्टाचारका ठूला फाइलहरू खुल्दै जाने- प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कुनैपनि हालतमा भ्रष्टाचारीलाई छुट दिन नसकिने बताएका छन । शनिवार काठमाडौंमा नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले अब भ्रष्टाचारका ठूला फाइलहरु खुल्दै जाने बतााएका हुन्।

    images
    images

    कुनैपनि हालतमा भ्रष्टाचारीलाई छुट दिन नसकिनेउनले उलल्ख गरे। उनले अहिलेको नेपालीलाई भूटानी शरणार्थी बनाइ बेच्ने कुरा ट्रेलर मात्रै रहेको उल्लेख गर्दै पूरा फिल्म देख्न बाँकी रहेको बताए। अब आफूहरुलाई ठूला घेराबन्दी र दबाबहरु आउनसक्ने भन्दै उत्पीडित वर्ग समुदाय हाम्रो श्रमजीवि जनसमुदाय साथमा भएसम्म कसैले केही गर्न नसक्ने उनले बताए।

    अहिले भुटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्तिहरूले आफूहरू सडकमा आन्दोलन गर्न जाँदा पनि व्यंग्य गरेको कुरा पनि उनले बताए। तर काठमाडौंका सडकमा लाखौं जनता आएर प्रतिगमनलाई र षड्यन्त्रलाई पररास्त पारेको उनले बताए। 

    प्रतिक्रिया दिनुहोस